Business
»
अमेरिका पठादिन्छु भनी ८५ लाख ठग्ने दाहाल पक्राउ
अमेरिका पठादिन्छु भनी ८५ लाख ठग्ने दाहाल पक्राउ
काठमाडौं– आकर्षक रोजगारीको लागि अमेरिका तथा बहराइन पठाइ दिने बहानामा ८५ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ।
सिआइबीका अनुसार धरान स्थायी घर भएका हाल ललितपुरको धामाखल बस्दै आएका सुवास वविन भनिन भोला दाहालले विभिन्न समयमा अमेरिका र बहराइनमा आकर्षक रोजगारीमा लगाइ दिने भन्दै विभिन्न व्यक्तिबाट चार लाख ८५ हजार ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६६ बैशाख ७ गते दाहाललाई चार लाख ८५ हजार जरिवाना र ६ महिना कैद सुनाएको थियो। अदालतले दोषी ठहर गरेपनि दाहाल फरार थिए ।
प्रहरीका अनुसार उनलाई आइतबार लतिलपुरको झम्सिखेलबाट पक्राउ गरी सोमबार फैशला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानीका लागि सोमबार नै डिल्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्...