नेपाली युवती अफ्रिका र खाडीमा बेच्ने गिरोहका लोकल एजेन्ट पक्राउ


काठमाडौं, जेष्ठ १८ । नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकहरुमा बेचविखन गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बाराका सुरेन्द्रबहादुर बस्नेत र धरमपुरका बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो । अभियुक्तहरु लोकल एजेन्ट भएको प्रहरीले जनाएको छ । ब्यूरोले चलाएको ‘अपरेशन इगल’मा एक भारतीयसहित आठ जना यसअघि पक्राउ परिसकेका छन् । ब्यूरोका अनुसार बादल विदेश जान इच्छुक डान्सबारहरुमा कार्यरत केटीहरुलाई पहिचान गरी विभिन्न प्रलोभन देखाउने र विदेश जान प्रेरित गर्ने गरेको जनाएको छ । यसका लागि एक जनाको १० हजारसम्म कमिसन पाउने गरेका छन् । सुरेन्द्रले ५० हजारदेखि एक लाखसम्म कमिसन लिएर गिरोहको सम्पर्कमा पु¥याउने गरेको प्रहरीले जनाएको छ । यसैबीच, अमेरिका र बहराइनमा रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने सुनसरीका भोला दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि अदालतबाट ६ महिना कैद र जरिवानासहितको फैसला भएका दाहाललाई पक्राउ गरी केन्द्रिय कार्यगार डिल्लीबजारमा पठाएको प्रहरीले जनाएको छ । च्यानल एजुकेशन प्रालीका संचालक दाहालले बैदेशिक रोजगारीमा पठाइदिन्छु भनि विभिन्न व्यक्तिहरुसँग लाखाँै रुपैया ठगी गरेको अदालतले ठहर गरेको थियो । \




प्रतिक्रिया दिनुहोस्...