अमेरिकामा समीराको अन्त्यष्टि तथा श्रदान्जली सम्पन्न (भिडियो सहित)


विकाशराज न्यौपाने, टेक्सास – गत बुधबारदेखि ड्यालसमा रहेका नेपालीहरु शोकमा डुबेका छन्। सिंगो नेपाली समाज माथी बज्रपात परेको छ। एउटा अकल्पनीय घटनाले रसाएका आखाहरू सोमबार क्रन्दन मै परिणत भए। कसैको मन थामिएन । एउटा निकै दुखद समय। गत बुधबार एक लुटेराले आफैले संचालन गर्दै आएको कोलोनीमा रहेको कोनभेनिन्स स्टोरमा दिउसो लगभग ११ बजे गोली प्रहार गरी हत्या गरिएकी डेन्टन निबासी एक नौ महिना तथा अर्की २ बर्षे छोरीहरु की आमा, ३१ वर्षीय समीरा शिवाकोटीको अन्त्येष्टि तथा भाव पूर्ण बिदाई को समय थियो यो। यस दुखद घडीमा मृत आत्माको चीर शान्तीको कामना गर्न झन्डै पाँचसय भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो।
ड्यालसको हुग क्राउन फुनेरल हाउसमा शबलाई अन्तिम दर्शनको लागि २ घण्टा हिन्दु बैदिक परम्परा अनुसार बैदिक मन्त्रोच्चारण गरि दाहा-संस्कार गरिएको थियो। सम्पूर्ण नेपाली समाजले यतिखेर सम्पूर्ण शोक-शन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भन्ने कामना गरेको छ। यो असामान्य घटनाको सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नु पर्ने तथा सिवाकोटी परिवारको हरपल साथमा रहदै हत्याराको पहिचान गरी कडा भन्दा कडा सजायको मागको निमित्त समेत नेपाली समाज टेक्सास, एनआरएन टेक्सास च्याप्टर प्रयत्नरत रहेको जनाइएको छ। भिडियो -




प्रतिक्रिया दिनुहोस्...