आमा अर्कैसँग गए के भो त म त मेरै बाबाको काखमा ह्विलचेयरमै सरर


अजयबाबु शिवाकोटी। लोकतन्त्र दिवसको दिन। दैनिकी त उनको आज पनि उस्तै हो। लोकतन्त्र दिवसको दिन सार्वजनिक विदा भएकोले सडक आज अलि खाली छ। ट्राफिक अलि कम हुँदा उनलाई ह्विलचेयरमा सडकमा गुड्न सजिलो छ। ह्विलचेयरमा सडकमा गुड्न अरु दिन कम्ति अप्ठ्यारो छैन। हरेक दिन ह्विचेयरको सहारामा आफ्नो गन्तव्यसम्म ओहोरदोहर गर्ने तुलसी वाँस्कोटा अहिले यसमा अभ्यस्त बनिसकेका छन्।



तुलसी वाँस्कोटा छोरीसँग

ह्विलचेयर चढ्ने धेरैलाई सहयोगी चाहिन्छ। तर तुलसी सकेसम्म सहयोग लिन्नन। बरु छोरीलाई विदाको दिन आफूसँग घुमाउन निस्कन्छन्। छोरीको विदाको दिन उनलाई लिएर आफ्नो काममा जाँदा उनले साथी पाएको महशुस गर्छन। छोरी पनि बाबाको काखमा बसेर ह्विलचेयरमा घुम्न जाँदा मख्खै।

कमलादी मोड नजिकैको कार्यालयबाट पुतलीसडकतर्फ निस्कदै गर्दा तुलसीसँग छोरी गफिदै थिइ। बागवजारमा यहि छोरीसँगै बस्दै आएका तुलसी पेशाले दृश्य सम्पादक हुन। ‘सफल’ र ‘रात परेपछि’ दुईवटा फिल्मका दृश्य सम्पादन गर्दै गरेका तुलसी छोरीकै लालनपालन र शिक्षादिक्षाका लागि दिनरात खटिइरहेका छन्।

साँढे ४ बर्षकी पृजिना वास्कोटा न्युडनवस्को एकेडेमी न्यूप्लाजामा एलकेजीमा पढ्दै छिन्। पृजिनालाई स्कुल छोड्न त्यसपछि दिनभर कार्यालयमा काम त्यसपछि छोरी लिन न्युडनवस्को एकेडेमी न्यूप्लाजा जाने उनको दैनिकी हो। जन्मैदेखिको पोलियो भएका तुलसी संघर्ष गर्दै यहाँसम्म आइपुगेको बताउँछन्। ३१ बर्षमा हिड्दै गरेका तुलसीको सँगै रहेकी साँढे चार बर्षकी छोरी प्रुजिना नै एकमात्र भरोसा आशा सबै हो। घरमा अरु नभएपछि सानी छोरीलाई सँगै लिएर हिड्नुपरेको बाध्यता सुनाएपछि हाम्राकुरा डटकमले प्रुजिनाको आमाको बारेमा राखेको जिज्ञासामा तुलसीले उनको जीवनको कटु यथार्थ खोले।


तुलसी बास्कोटासँग छोरी प्रुजना

तुलसीले भने ‘ ८ बर्ष अघी ६४ सालमा हाम्रो विवाह भएको थियो। हामीबीचको प्रेम मागि विवाहमा परिणत भयो। प्रेम नभएको भए लमजुङकी उनिसँग पाँचथरको मेरो विवाह कसरी सम्भव थियो र ? म जन्मदै पोलियो रोगका कारण खुट्टाले हिडडुल गर्न नसक्ने भएकोले ह्विलचेयरको भरमा मात्र हिडडुल गरेको सबै उनले देखेकी नै थिइन। हाम्रो प्रेम सम्वन्धलाई ह्विलचेयरले रोकेन। सम्वन्ध विवाहमा परिणत गर्न परिवार पनि राजी भयो। अहिले छोरी प्रुजिना साँढे चारबर्षकी भएकी छ। तर एक बर्षदेखि उनले फरक व्यवहार देखाउन थालेकी थिइन।’ उनी को हुनत? हाम्रो जिज्ञासामा उनले यत्ति भने उनको किन नाम लिएर बदनाम गरु।’

उनले अगाडी थप्दै गए ‘एक बर्षदेखि उनी अर्कैसँग अफेयरमा रहिछन्। उनलाई उनकै माइती पक्षले पनि सहयोग गरेका रहेछन। मलेसियामा बस्दै आएका सिन्धुलीका युवकसँग सम्वन्ध बढाउँदै गएकी रहिछन्। मलाई छोड्ने सबै तयारी गरिसकेपछि पो मैले थाहा पाए। झापातिरकी उप्रेती थरकी एक गायिकाले पनि उनलाई मबाट छुटाउन भुमिका खेलेकी रहिछन। केटाको गाउँमा श्रीमती हुँदाहुँदै उनलाई गरिएको रहेछ। यता मलाई एक्लै पार्ने उता सिन्धुलीको घरमा भएकी ति महिलालाई सौता हाल्ने कामको षडयन्त्र भएको रहेछ। सौतामाथि जाने इच्छा मेरी श्रीमतीको पनि बुझिन। छुटाउन लाग्नेहरुले अर्काको घर भाँडेर के पाए पनि थाहा छैन। एक बर्षदेखि अलि मनमुटाव बढ्दै गयो। पछि छोरीलाई उनले माइतीमा लगेर छोडेपछि प्रहरीको शरणमा जानुपर्‍यो। पछि छोरी मैले राख्ने भए उनी सिन्धुलीका तिनै युवकसँग लागिन। छ महिना देखि म छोरीसँग छु।’


बाबा तुलसीको काखमा छोरी प्रुजना पुतलीसडकमा

अब छोरीकै पालन पोषण शिक्षा दिक्षा र चलचित्रको सम्पादन नै आफ्नै दैनिकी भएको बताउने तुलसीले थपे ‘श्रीमतीसँग छुट्टिएको ६ महिना भयो भनौकी उनले छोडेर गएको। उनले छोडेर गए यता पनि छोरी प्रुजिनाको साथले आफू काममा लागिरहन प्रेरित भइरहन्छु। छोरी पनि बाबाको काखामा बसेर ह्विलचेयरमा बसेरै शहर घुम्न मन पराउँछु। अहिले मेरो वाइक भनेपनि स्कुटर भनौ वा गाडी सबै यहि हो। अलि राम्रो कमाइ गर्न सके चारपाङग्रे स्कुटर पनि किनौला। तर अहिले मेरो सम्पति भनेको मेरो सिप नै त हो। मेरो सिपले कमाइ गरेको दिन छोरीलाई राम्रैसँग खुसी राखौला। अहिले छोरी ह्विलचेयरमा बाबाको काखमै बसेर सरर घुम्ने कुरामै खुसी छ। मलाई कहिलेकाहि छोरीले भन्छे ” आमा जता गएपनि के भो त मत हजुरकै काखमा सरर घुम्न पाउँदा खुसी छु।”

अन्तिममा तुलसीले थपे छोरीको यहि खुसीलाई कायम राख्दै थप खुसी नै अब मेरो लक्ष्य हुनेछ।




प्रतिक्रिया दिनुहोस्...