पशु पाल्ने युवालाई चौबीस लाख अनुदान


२४ जेठ, बागलुङ ।
व्यावसायिक पशुपालन गरेका यहाँका युवाले यस वर्ष करिब रु २४ लाख सरकारी अनुदान पाएका छन् ।
युवालक्ष्यित विशेष कार्यक्रममार्फत गाईभैँसी, बाख्रा र बङ्गुरपालनका लागि रु २३ लाख ७५ हजार अनुदान दिइएको हो । “युवा लक्ष्यित कार्यक्रमले व्यावसायिक पशुपालन गर्ने युवालाई प्रोत्साहन मिलेको छ, अनुदान पाएपछि किसान पनि उत्साहित छन्”, वरिष्ठ पशु विकास अधिकृत डा गोपाल गिरीले भने । सरकारले कृषि र पशुपालनका क्षेत्रमा युवालक्ष्यित विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
cow-firm
“सरकारी अनुदानले हामीजस्ता किसानलाई ठूलो टेवा पुगेको छ, पेसाप्रति गौरव पनि बढाएको छ”, किसान हरि रानाले भने, “अनुदान काम गर्न सक्नेलाई मात्र दिनुपर्छ, सरकारी सुविधा र अनुदानको दुरुपयोग हुनुहुँदैन ।” पशु सेवा प्रसारतर्फ पनि व्यावसायिक बाख्रापालन, दुग्धशाला र व्यावसायिक बङ्गुरपालनमा जिल्लाका किसानले अनुदान पाएका छन् । सहकारी बङ्गुर कार्यक्रममार्फत पनिकिसानलाई समेटिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्...