यौनप्रस्ताव अस्वीकार गरेपछि बलात्कार गरी भाउजूको हत्या




काठमाडौं - हाम्रोे समाज देवर भाउजूको सम्बन्धलाई पवित्र मानिन्छ । आमा छोरा जस्तै । तर आजको कलियुगमा यी सबै कुरा भाषामा मात्रै सीमित भएका छन् । केही समाजमा दाईको मृत्युपछि एकल भएकी भाउजूसँग भाइले विवाह गर्ने चलन छ । त्यो पनि सहमतिमा । तर यहाँ एक व्यक्तिले यौन प्रस्ताव नमानेको भन्दै आफ्नै भाउजूको बलात्कार गरी हत्या गरेका छन् । 

सिओआइसीका अनुसार भारतको नारनौन्दमा सोमबीर नामका युवाले दाइ विदेश गएको मौकामा आफ्नी भाउजूमाथि यौनप्रस्ताव राखेका थिए । तर उनकी भाउजूले दाई हुँदाहुँदै देवरसँग सम्बन्ध राख्न गलत भएको बताउँदै सोमबीरलाई गालि समेत गरेकी थिईन् । त्यही रिसमा बदला लिन सोमबीरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । भाउजूको बलात्कारपछि हत्या गरेको दुईदिनपछि सोमबीर पनि मृत भेटिएका छन् । 

उनलाई नजिकैको खेतमा परिवारले सुतिरहेको अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर जाँचुझ गर्दा उनी मृत भेटिएका थिए । उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनको शवलाई पोस्टमार्टम गरी प्रहरीले परिवारको जिम्मा लगाएको छ । एजेन्सी 





प्रतिक्रिया दिनुहोस्...