सेती नदी थुनिने खतरा, बम पड्काएर चट्टान फुटाउन थालियो



फोटो :पोखराको सेती नदीमा खसेको चट्टान।तस्बिर: अन्‍नपूर्ण
पोखरा : बैशाख २९ गतेको भूकम्पले यहाँको बगर स्थित पृथ्वीनारायण क्याम्पससंगै जोडीएको सेतीमा खसेको ठुलो चट्टान हटाउने कार्य सुरु भएको छ। 
 
बर्षा मौषममा आउने भेलले नदी थुनीयर समस्या नहोस भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला विकास समिति लगाएतको पहलमा नेपाल आर्मीको ईञ्जिनियरिङ टोलीले बम पड्काएर चट्टान फुटाउने कार्य सुरु गरेको हो।
 
सेती नदीमा २० मीटर चौडाई र १० मीटर उचाईको ठुलो चट्टान २९ गतेको भूकम्पको कारण खसेको थियो। सेतीमा चट्टान खसेपछि केही अवरुद्धकाबिच सेती नदी नियमीत प्रक्रियामा बगेको छ। 
 
बर्षा र्मौषम सुरु भएसंगै बाढीले बगाएर ल्याउने ढुङ्गामाटो र काठपातले नदी अवरुद्ध हुन सक्ने प्रविधिक टोलीको सल्लाहामा चट्टान हटाउने कार्य सुरुगरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले अन्नपूर्ण पोष्टलाई बताए।
 
चट्टान फुटाउने कार्य २५ प्रतिशत पुरा भएको काली भञ्ज्यान गणका गणपती कणेल दिव्‍यले जानकारी दिए। 
 
चट्टान ठुलो र कडा भएकोले फुटाउन अझै तीन चार दिन लाग्ने उनले बताए। चट्टानफुटाउदा सुरक्षालाई ध्यान दिईको पनि उनले जानकारी दिए।
 
गहिरीएर बगेको सेती नदीको दयाँबायाँको जोखिम मापदण्ड भित्र नै बस्ती बसेकोले भूकम्पआउदा र सेतीले भित्रभित्र कटान गरि दायाँबायाँको चट्टान खसेर बस्ती जोखिममा पर्ने जिल्ला विकास समिति कास्कीका प्रमुख ईन्जिनियर नारायणप्रसाद श्रेष्ठले बताए। 
 
खानी तथा भूगर्व विभाग र जिओसाइन्स अफ ईन्स्टिच्यूटको संयूक्त अध्ययन टोलीले १९९८ मा पोखराको बिस्तृत भौगर्भिक अध्ययन गरि तयार पारेको रिपोर्टमा सेती किनार निकै जोखिम रहेको पाईको छ। 
 
पटकपटक अन्नपूर्ण हिमालय क्षेत्रमा रहेका हिमताल फुटेर बगाएर ल्याएको ढुङ्गा, माटो, गेग्रयान थुप्रियर पोखरा बनेकोले सेती गहिरीएर बगेको रिपोर्टमा उल्लेख छ। पछि पुरिएर बनेकाले सेती नदी ६० मीटरसम्म गहिरीएर बगेको अध्ययन रिपोटमा उल्ले छ।
 
चट्टानका बिच गहिरिएर बगेको सेतीनदी किनारको बगर, महेन्द्रपुल, रामघाट, पृथ्वीचोक, चोरसाँघुदेखि ढुङ्गेसाँघुसम्मको क्षेत्र बढि जोखिम रहेको त्यतीबेला अध्ययनमा संलग्न इन्जिनिएर किसानसिंह गुरुङले जानकारी दिए। 
 
जोखिम मानिएका यि क्षेत्रको नदी किनारवाट ७५/७५ मीटर दायाँबायाँको क्षेत्र बढि जोखिम रहेको रिपोटमा उल्लेख रहेको उनले बताए। 
 
त्यसैले अध्ययन टोलीले सेतीनदी किनारवाट ५०/ ५० मीटर दायाँबायाँ घर लगाएतका संरचना नबनाउन सुझाए पनि पोखरा उपत्यका नगरविकास समितिले पटक पटक मापदण्ड घटाएर ५ मीटर देखि २५ मिटर सम्म कायम गर्दा सेती किनारमा बस्ती बढ्नगई बस्ती जोखिममा परेको ईन्जिनिएर गुरु ङले बताए।






प्रतिक्रिया दिनुहोस्...