युवराज पारसको फोटो फेसबुकमा राख्दै थाई युवतीले लेखिन् - 'माइ हज्बेन्ड'


'उनी त नेपालका युवराज हैनन् र', फेसबुकमा एक जनाले सोध्दा उनले अङ्ग्रेजीमा जवाफ दिएकी छिन्, 'नामको कसलाई मतलब छ र तर निराश भएर मलाई अङ्गाल्ने उनी नै हुन्।' यसअघि पारसले आफ्नो फेसबुकमा कन्निकालाई इङ्गित गर्दै 'माइ वुमन' लेखेका थिए। गत वर्ष उनले लेखेका थिए 'माइ वुमन कन्निका चाइयासर्नले नै म मर्न लागेको बेला मलाई अस्पताल लगेकी थिइन। उनकै कारण म बाँचेको छु।' थाइल्यान्डमा हुँदा पारस कन्निकासँगै बस्थिन्। बीचमा प्रेमिकाले धोका दिएको र आफूलाई पक्राएको भनेर पारसले फेसबुकमै लेखेपछि दुईजनाको सम्बन्ध बिग्रिएका समाचार आएका थिए।
तर पछि पारसले सार्वजनिक रुपमा आफूले गल्ती बुझेको भन्दै माफी मागेका थिए। लागू पदार्थ राखेको भन्दै थाइल्यान्डमा पटक-पटक समातिएपछि गत चैतमा उनी नेपाल फर्किएका थिए। तर त्यसयता सार्वजनिक रुपमा खासै देखिएका छैनन्।






प्रतिक्रिया दिनुहोस्...