अचम्मको परम्परा आमा छोरीको श्रीमान् एउटै !


अचम्मको परम्परा आमा छोरीको श्रीमान् एउटै ! एजेन्सी । विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो । उनको आमाले दोस्रो बिबाह गरिन् ।
 दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् । ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो ।

 यो त्यहाँको परम्परानै हो । जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ । 


विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ । परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन् । ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको संवन्धमा समेत कुनै समस्या छैन ।





प्रतिक्रिया दिनुहोस्...