कमिशनको लोभमा विरामीलाई भारत पठाउँछन् चिकित्सक


Doctor२२ जेठ, लखनउ (भारत) । कमिसन पाउने लोभमा नेपाली चिकित्सकहरुले बिरामीलाई भारतका विभिन्न अस्पतालमा रिफर गर्ने गरेकाले पश्चिम नेपालका बिरामीहरु भारतीय अस्पतालमा पीडित हुने गरेका छन् ।

अछामबाट धनगढीमा उपचार गर्न आएका कृष्ण खड्काको सीमावर्ती क्षेत्र पिलिभितको एउटा नर्सिङ होममा उपचारका क्रममा मृत्यु भयो । सामान्य विरामी भएका कृष्णले धनगढीमा जचाउँदा नेपाली चिकित्सकले पत्थरी भएको र त्यसको सस्तो र राम्रो उपचार पिलिभितमा हुने भन्दै त्याहाँ रिफर गरेपछि उनी परिवारका साथ उपचार गराउन पिभिलित पुगेको गोरखापत्रमा खबर छ ।
कृष्ण खड्कालाई विभिन्न किसिमका जाँच गर्नुपर्छ भन्दै एक महिनािसम्म नर्सिङ होममा राखियो । करिब ८० हजार रुपैयाँ खर्च भयो तर कृष्ण बाँचेनन् । उनका भाइ बीरेन्द्र खड्काले भने, ‘उपचार गर्छु भन्दाभन्दै मिर्गौला निकालेको हो कि भन्ने आशंका थियो, त्यही नै भएछ । एकातिर पैसा गयो, अर्कोतिर बचाउन सकिएन । अर्काको देशमा गुनासो सुन्ने कोही छैन ।’
लखनउको सुदान्त अस्पतालमा भेटिएका कालिकोटका दानी बिष्टकी आमाको उपचारमा हालसम्म दुई लाख भारतीय रुपैयाँ खर्च भइसकेको छ तर अझै निको हुन सकेको छैन । कालिकोटबाट नेपालगञ्जमा उपचारका लागि आएका दानीलाई पनि छ महिनाअघि रोग गम्भीर भएको भन्दै लखनउ रिफर गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्...