‘सेकेन्ड ह्यान्ड हजबेन्ड’बाट बलिउडमा पाइला राख्दै गोविन्दाकी छोरी


narmada

बलिउडका सफल कलाकार गोविन्दाकी छोरी टिना अहुजा अब बलिउडमा पाइला राख्दैछिन् ।बलिउडकर्मीका सन्तानले एकपछि अर्को चलचित्र मार्फत यो क्षेत्रमा पाइला अगाडि बढाइरहेका छन् ।
यही भिडमा टिना अहुजा पनि आएकी हुन् । चलचित्रकर्मीकै सन्तानका लागि बलिउड पाइला राख्न सजिलो हुने गरेको टिप्पणी पनि हुने गर्दछ । यो चलचित्रमा टिना गिप्पी ग्रेवालको साथमा देखिदैछिन् ।
यो एउटा कमेडी चलचित्र हो । टिनाको साथमा गिप्पीले पनि यही चलचित्र मार्फत बलिउडमा पाइला राखेका हुन् । उनको वास्तविक नाम भने टिना होइन । उनको वास्तविक नाम नर्मदा हो । तर, चलचित्रमा पाइला राखेसँगै उनले नाम परिवर्तन गरेर टिना अहुजा राखेकी हुन् ।
बलिउडमा आएका थुप्रै चलचित्रकर्मीका सन्तानमध्ये केही मात्र सफल भएका छन् । टिनाले पनि गोविन्दाको जस्तै सफलता पाउलिन्  या केही चलचित्र खेलेर हराउलिन्, चलचित्र प्रदर्शन भएपछि थाहा लाग्नेछ ।






प्रतिक्रिया दिनुहोस्...