प्रेमीले चुम्बन गर्दा प्रेमिकाको यस्तो बिजोग


बेलायतमा एक युवकले आफ्नी प्रेमिकाको ओंठमा चुम्बन गर्दा ओंठ च्यातेर अंगभंग गरिदिएका छन् । प्रेमिका अरुसँग नजकिने डरले ती युवकले यस्तो हर्कत गरेको स्वीकार उनले गरेका छन् ।बेलायतको टाइनसाइडमा बस्ने रिस कुले नामका युवकले आफ्नी गर्लफ्रेन्ड श्याटलसँग २ वर्ष देखि सम्बन्धमा थिए ।उनी हरुबीच राम्रो सम्बन्ध पनि चलिरहेको थियो । एकदिन उनीहरुबीच चुम्बन शुरु भयो युवकले युवतीलाई ओंठमा चुम्बन गरेर युवतीको ओंठ नै च्यातिदिए । यो चुम्बनको अन्त्य डरलाग्दो भयो । चुम्बनपछि युवतीको नाकबाट निरन्तर रगत बग्न थाल्यो र उनको माथिल्लो ओंठमा प्रेमिका दाँतका डाम बसे । उनको अनुहार नै पुरै रक्ताम्मे भएको थियो ।युवतीले जवर्जस्ती युवकलाई आफूबाट हटाइन् तर आफ्नो अनुहार हेर्दा उनलाई डर लाग्यो । यो घटनापछि उनले आफ्नै ब्वाइफ्रेन्डलाई अदालत पुर्‍याइन् ।






प्रतिक्रिया दिनुहोस्...