मलेसियामा गयो भूकम्पको ठुलै धक्का


नेपालमा गएको महाभूकम्प पछि अरु धेरै देशमा भुकम्प जाने क्रम बढिरहेको छ ।त्यस्तै नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबुललाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो ।मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा ठुलो क्षति पुगेको छ भने भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन । भूकम्पपछि माउन्ट किनाबुल क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ । अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाबालुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ । सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री मसिदी मनजुनले भूकम्पले ४ हजार ९५ मिटर अग्लो कोटाकिनाबुल पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको र विस्तृत विवरण आउन बाकी रहेको बताएका छन् ।




प्रतिक्रिया दिनुहोस्...