प्रहरीको टाउको फोड्ने गुण्डा पक्राउ


जेठ ३१ , पोखराः पर्यटकीय क्षेत्र लेकसाईडको ओजन डिस्कोमा प्रहरीको टाउको फोडेर भागेका  पोखरा–१७ का २६ वर्षीय डेंढे भन्ने प्रशान्त गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीसहितको समूहले गत फागुन २३ गते प्रहरी जवान भीमबहादुर रानाको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।
घटनापछि फरार उनलाई पोखराको रामबजारबाट पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।

घटनामा संलग्न पोखरा-९ नयाँबजारका २७ वर्षीय किरण गुरुङलाई गत चैत १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अभियुक्तहरुले मार्ने उद्धेश्यले फलामे रड, वियरका वोतल र घातक हतियारले आक्रमण गरेको जनाउँदै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।
एमालेनिकट युवा संघका गण्डकी उपाध्यक्ष महेन्द्र गुरुङ भोटेले चलाएको उक्त डिस्कोमा घटनालगत्तै प्रहरीले भोटेसहितलाई पक्राउ गरेको थियो ।
प्रहरीको ‘गुण्डा’ सूचीमा रहेका भोटे धरौटीमा मुक्त भएका थिए । भोटे आपराधिक गिरोह ‘एलजी ग्रुप’ को नाममा धम्काएर रकम असुली र गुण्डागर्दीको अभियोगमा पक्राउ परेर छुटेका व्यक्ति हुन । अन्नपूर्ण पोस्टबाट





प्रतिक्रिया दिनुहोस्...