प्रेम प्रस्ताव अस्वीकार गर्दा रितुको हत्या>>>हत्या गर्ने जन्मकैद


काठमाडौं: होस्टलबाट विवाहभोजमा जाँदै गरेका बेला जनकपुरकी  रितु महासेठलाई मैतीदेवीमा छुरा प्रहार गरी हत्या गर्ने विमलेशप्रसाद यादवलाई सर्वश्वसहित जन्म कैदको सजाय तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त सजाय सुनाएको हो। कान्तिपुर कलेजमा विविए पहिलो वर्षमा अध्ययनरत महासेठको २०७० मंसिरमा हत्या भएको थियो।

रितु हत्‍या भएको एक सातापछि यादवलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो।उनी महासेठकै घरमा ट्रयाक्‍टर चालकको रुपमा काम गर्दै आएका थिए।

पक्राउ परेका यादवले आफ्‍नो प्रेम प्रस्ताव अस्वीकार गरेकोले रितुको हत्‍या गरेको प्रहरी समक्ष बयान दिएका छन्। उनले प्रेमिकालाई हत्‍या गर्न प्रेम प्रस्ताव अस्विकार गरेको दिनदेखि नै योजना बुनेका थिए।





प्रतिक्रिया दिनुहोस्...