हिमानी बिरामी पारसलाई भेट्न गइनन्


Himani-Paras-Shah
काठमाडौं । पूर्व युवराज पारस शाह मुटु रोगले थलिएका छन् । पत्नी हिमानी हिमानी ट्रस्टका नाममा धादिङमा भूकम्पपीडितलाई राहत बाँड्न जाने र पत्रकारसँग फोटो खिचाउने काममा लागे पनि मुटुरोगले थलिएका पारसलाई भेट्न नगएकी हुन् ।
भूकम्पपीडितलाई राहत बाँड्न पूर्वयुवराज्ञी हिमानी शाह पत्रकारसहित धादिङका केही गाउँ पुगिन्, फोटो खिचिन् र प्रचार पनि गरिन् । तर, केही सातादेखि मुटुको समस्याले थलिएका पति तथा पूर्व युवराज पारसलाई एकचोटि पनि भेटेकी छैनन् । भुकम्पलगत्तै चण्डोलबाट पारस छाउनी सरेका छन्, बहिनी प्रेरणाको घरमा ।
छोराछोरीलाई भेट्ने पारसले पनि हिमानीको खोजी गरेका छैनन् । हिमानी निर्मल निवासमा सासू–ससुरासँगै बसिरहेको जनआस्था साप्ताहिकले छापेको छ । पारस मुटुको समस्या बल्झिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल जाने गरेका छन् ।
कार्डियो स्पेसलिस्ट डा।भारत रावतले कुनै कुराको तनाव नलिनु, नियमित व्यायाम गर्नु र धुमपान नगर्नु भनेका छन् । बरु, पारसलाई भेट्न परिवारका अन्य सदस्य नियमित रुपमा छाउनी पुग्ने गरेका छन् ।
१४ वर्षको घामपानी, हिउँद र हावाहुरीले बिरक्तिनुसम्म बिरक्तिएछ, नारायणहिटीभित्र राजा वीरेन्द्रसहित उनको वंश नाशअघि, अर्थात् ०५८ सालअघिको एउटा भर्भराउँदो ठाउँ आज स्यालघारी बनेको छ, दिउँसै बन्दूक बोकेका सिपाही छिर्न डराउँछन् । र, उसबेला सधैँ अत्तर छरेर मग्मगाउने शौचालयमा आज घाँस उम्रिएको छ । शौचालय प्रयोगकर्ता कोही छैनन्, तर डुङडुङी गन्हाउँछ त्यो ।
यो दृष्य हो, नारायणहिटीभित्र कम्पट्रोलर कार्यालयको । सोमबार अपराह्न जनआस्था त्यहाँ पुग्दा टाढैबाट स्यालको दर्शन भयो । छिर्नु त टाढाको कुरा, उल्टै सेनाको उपत्यका पृतनाबाट ड्युटी खटिएका सिपाहीले चेतावनी दिए, ‘स्यालले खाला हजुर, हामी जान्दैनौँ है’ ‘कम्पट्रोलर’, अर्थात् दरबारका फर्निचरसहित सबैखाले भौतिक संरचना निर्माणका लागि बनाइएको ठाउँ । त्यहाँ दाउरा काट्ने आरन अझै छ, तर खिया लागेर कोइलाजस्तो । सःमिल छ, औजार केही चल्दैनन् ।
बिजुलीको तारसम्म छैन । बालुवा छान्ने र रोडा पेल्ने मेसिन छ तर हेर्नबाहेक केही गर्न सकिँदैनन् ती मेसिन । सखुवा र अग्राखका मूढा लडिरहेका छन् । समाउँदा पनि हात फोहोर हुन्छन्, खियाले । राजा वीरेन्द्रको वंश छँदा त्यहाँ कर्णेलको कमाण्डमा ड्युटी लाग्थ्यो । अहिले सिपाही पनि उपत्यका पृतनाभित्र दुःख दिनुपर्नेलाई मात्र खटाइन्छ, स्यालले लखेटेर हैरान पारोस् भनी ।
ज्ञानेन्द्र राजा भएदेखि नै हो, ‘कम्पट्रोलर’ को बेवास्ता हुन थालेको । त्यहाँका औजारले महाराजका घर बन्थे, झ्यालढोका बन्थे र थुप्रै सिकर्मी र मजदुर रोजगार पनि थिए ।
आज स्याल नै त्यहाँका मजदुर, स्याल नै त्यहाँका सिकर्मी भएका छन् । राज्यले पुरातात्विक महत्वको सम्पदाका रुपमा संरक्षण गर्ने प्रतिबद्दता जनाएको धेरै भइसक्यो ।
संरक्षण पछि गरौँला, अहिले देशलाई त्यस्ता निर्माण सामग्रीको खाँचो छ, बनाएर चलाऔँ भन्ने चेत पनि राज्यलाई पलाएको छैन । अन्त हैन, नारायणहिटीकै पुराना भवन भूकम्पले ध्वस्त छन् ।
ती प्रत्येक भवन कुनै न कुनै राजकीय इतिहासका साक्षी हुन् । ढुंगा र माटो बोल्दा हुन् त ती प्रत्येक भौतिक संरचनाले आज इतिहास बक्थ्यो । त्यो त कल्पनाको कुरा भयो, तर ऐतिहासिक संरचनाको संरक्षणले नै हो राज्यको सभ्यता र इतिहास झल्किने । ध्यान जाओस्, कसको ?




प्रतिक्रिया दिनुहोस्...