भारतीय एसएसबीद्वारा तारबार गर्ने कार्य रोकिएपछि अन्यौल


दीपकअनुरागी आचार्य

कपिलवस्तु, असार २ – कपिलवस्तु स्थित नेपाली भु– भागमा पर्ने गुगौली गाबिस– ३ बीरनगर भाठामा तारबार गरी बृक्षारोपण गर्ने कार्य अन्यौलमा परेको छ । गौतमबुद्ध साझेदारीद्धारा सुरु गरिएको तारबार कार्य भारतीय एसएसबीले हस्तक्षेप गरी गत जेठ ३० गतेदेखि काममा रोक लगाएपछि उक्त कार्य अन्यौलमा परेको हो । अतिक्रमित जग्गा खाली गराई गत जेठ २६ गते देखि सुरु गरिएको कार्य भारतीय एसएसबीको अवरोधका कारण शनिवारदेखि रोकिएको छ । भारतको बलरामपुर जिल्ला छोटकी भकुरुवाबाट आएका एसएसबीले काम अघि नबढाउन उर्दी जारी गरेको थियो । गौतम बुद्ध साझेदारी वनको अगुवाईमा ९ दशमलव ८ हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराईएको थियो । स्पष्ट रुपमा रहेको नेपाली भुमीमा एसएसबीको हस्तक्षेपका कारण सो क्षेत्रको संरक्षण गरी बृक्षारोपण गर्ने कार्य अलपत्र परेको गौतमबुद्ध साझेदारीका अध्यक्ष जानकी यादवले बताइन् । स्थानीयबासी, वन कार्यालय, साझदारी वनको अथक प्रयास पछि बल्लतल्ल अतिक्रमित क्षेत्र खाली गराइएको थियो । तर संरक्षण गर्ने कार्य गरेका लगत्तै, एसएसबीको अवरोधले रोकिएको यादवले बताइन् । एसएसबीको ठाडो हस्तक्षेप पछि रोकिएको काम कहिले देखि सुरु हुन्छ त्यो अनिश्चित बनेको उनले बताइन् । नेपाल र भारतको सीमा अर्रा नदीलाई मानिँदै आएको वन कार्यालयले जनाएको छ । सीमास्तम्भ नम्बर ७ सय ७८ को नजिक पर्ने अर्रा नदीको पूर्व नेपाली भु – भाग र पश्चिम भारतीय क्षेत्र निर्धारण गरिएको छ । सो पिलर हराएकोले सीमा निर्धारणमा भारतीय पक्षले पटक–पटक समस्या देखाउँदै आएको छ ।




प्रतिक्रिया दिनुहोस्...