प्रधानमन्त्री राहत कोषमा ‘ड्याङ्गोटे’को १० करोड, कोकी कोवाले दिइन् १ करोड


काठमाडौं, आषाढ २ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपछि मुलुकमा शान्ति र स्थायित्व कायम हुने दाबी गरेका छन् ।

बुधबार विभिन्न संघ–संस्थाका प्रतिनिधिले बालुवाटार पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको राहत ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी भएपछि पुनःनिर्माणको कामसँगै मुलकको विकासले गति लिनेदाबी गरेका हुन् ।

नेपाल प्राकृतिक, साँस्कृतिक सम्पदा र जलस्रोतले सम्पन्न मुलुक भएको भन्दै उनले नेपालको विकासमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले दैवी प्रकोपको डटेर सामना गर्ने चुनौती सरकारलाई थपिएकाले थप सहयोग आवश्यकता रहेको स्पस्ट पारे ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा बुधबार नाइजेरियाबाट ‘ड्याङगोटे’ संस्थाका कार्यकारी प्रमुख डीवीजी एड्वीनले १० करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

यसैगरी, जापानी योगमाता कोकी कोवाले १ करोड २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेकी थिइन् । 





प्रतिक्रिया दिनुहोस्...