अद्भुत मानिस, जसले कानैले बजाउँछन् बाँसुरी, कानैले पिउँछन् चुरोट (भिडियो सहित)
कानको काम के हो ? यो त भन्नै परेन । कानको काम सुन्नु नै हो । त्यस बाहेक अरु केही हुने कुरै भएन । तर चीनका एक जना मानिसले आफ्नो कानबाट सुन्नेबाहेक अर्थोक धेरै काम गर्न सक्छन् ।४१ वर्षका झेंग जियांगले कानले मज्जाले बाँसुरी बजाउन सक्छन्, कुनै कलाकारले जस्तै । यति मात्र कहाँ हो र ? उनले कानैले चुरोट पनि सनक्कै पिइदिन सक्छन् ।यति मात्र भए त ठिकै हो भन्न सकिन्थ्यो । तर उनकेा कानको क्षमता यत्तिमा मात्र सिमित छैन । उनले कानैले पानी पिउन सक्छन् भने कानैले ट्युबमा हावा समेत भर्न सक्छन् ।फुजियान प्रान्तस्थित एक कागज कम्पनीका कामदार रहेका झेंगले पाँच वर्षको हुँदादेखि नै कानबाट यस्ता असम्भव लाग्ने काम गर्न थालेका हुन् । आफुले पाँच वर्षको हुँदाखेरि नै आफ्नो यो असाधारण क्षमता थाहा पाएको उनी बताउँछन् ।उनको यो अद्भुत क्षमताका कारण डाक्टरहरु पनि अचम्मित छन् । उनको कानको जालीमा प्वाल भएका कारण यस्तो असम्भव काम गर्न सक्ने भएका डाक्टरहरु बताउँछन् ।
भिडियो हेर तल क्लिक गर्नुहोस् :