विश्व परिक्रमाका लागि उडेको सोलार विमान जापानमा अवतरण


काठमाडौं, जेष्ठ १९ । विश्व परिक्रमाका लागि उडान भरेको सोलार विमानले खराव मौसममा कारण जापानमा अवतरण गरेको छ ।

प्रशान्त महासागर पार गर्ने उद्देश्यले चीनबाट हवाई टापुसम्म जाँदै गरेको सोलार विमान ‘इपल्स’लाई जापानको समुन्द्रमाथि पुगेपछि खराब मौसमका कारण अवतरण गरिएको हो ।

सामान्य कारको जति वजन भएको यस विमानको पखेटामा १७हजार सोलार प्यानल जडान गरिएको छ । सोलार विमान इपल्सले गत मार्च महिनामा अवुधाबीबाट उडान सुरु गरेको थियो । 





प्रतिक्रिया दिनुहोस्...