श्रीमतीको हत्या गरेपछि झुन्डिएर आत्महत्या


फोटो :फाइल तस्‍बिर
गुल्मी : आफ्नै घरमा श्रीमतीको आफैले हत्या गरेपछि गुल्मीका ३५ वर्षीय एक व्यक्ति आफै झुन्डिएरआत्महत्या गरेका छन्।
 
रेसुङ्गा नगरपालिका १२ अन्र्तगत सिमीचौर निवासी ३५ वर्षीय राम बहादुर नेपालीले मंगलबार बिहान आफ्नी ३० वर्षीय श्रीमती लक्ष्मी नेपालीको घाँटी च्यापी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक हरि हमालले बताए।
 
श्रीमतीको हत्या गरेपछि रामबहादुरले सोही कोठामा पासो लगाइ झुण्डिएका थिए। राम वहादुर लामो समयदेखि मृगौलाको बिरामी भएको र उपचारका लागि आर्थिक अभाव भएका कारण श्रीमतीसँग झगडा हुँदा रिसको आवेगमा श्रीमतीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
 
राम बहादुरका ११ महिनाको छोरी सहित १४ वर्ष र ११ वर्षका दुई छोराहरु समेत रहेका छन्। पोष्टमार्टमपछि घटनाको बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...