बुढानिलकण्ठमा चितुवा आक्रमण, एकजना घाइते, विद्यालय बन्द गरियो


काठमाडौं, आषाढ २ ।  बुढानिलकण्ठ वडा नम्बर–१ गैरीगाउं र वडा नम्बर–४ बिष्णुमतिमा चितुवाको आक्रमण बढेको छ ।

चितुवाको आक्रमणबाट बुधबार बिहान बिष्णुमतिका एक जना स्थानिय समेत घाइते भएका छन् । घाइते हुनेमा स्थानीय मुकुन्द पौडेल रहेका छन् ।
खेतमा काम गरिरहेको बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । उनको हातमा चोट लागेको छ । होहल्ला मच्चिएसंगै स्थानियले चितुवालाई भगाएका थिए ।
चितुवा आतंकको कारण बुधबार एक दिनलाई बुढानिलकण्ठ आश्रम बिद्यालय समेत बन्द गरिएको छ ।
शिवपुरी राष्ट्रिय निकुञ्जबाट निस्किएको चितुवा अहिले पनि बिद्यालय आसपास नै बस्दा बिद्यालय बन्द गर्नु परेको बिद्यालय प्रशासनले जनाएको छ ।
चितुवा खोज्न इलाका प्रहरी कार्यालय बुढानिलकण्ठबाट समेत प्रहरी टोली खटिएका छन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जसंगै जोडिएको हुंदा उक्त क्षेत्रमा बेला बेलामा चितुवा लगायतका जंगली जनावरले दुख दिंदै आएको स्थानिय रेशम बहादुर नेपालीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...