मलेसियामा गोर्खाली सेनाको प्रशंसा


फोटो :फाइल फोटो
मलेसिया : मलेसियालाई स्वतन्त्र बनाउन प्राणको आहुती दिने गोर्खाली सेनाको सम्झनामा मलेसियाको इपोमा शनिबार पुर्खा दिवस मनाइएको छ ।

गोर्खाली सेनाको स्मरणमा पुर्खा दिवस मनाइएको हो । कार्यक्रममा मलेसियाका कम्युनिष्ट विद्रोहीलाई दमन गर्न साहसिक भूमिका खेलेको भन्दै गोर्खाली सेनाको वीरगाथाको प्रशंसा गरिएको थियो ।

पेराक राज्यको इपोमा रहेको तान्बुन रोडमा रहेकोे गोरखा स्मारकमा विशेषसभा गरी गोर्खाली सेनाको प्रशंसा गरिएको हो ।

यहाँको वीरा एसोसिएसनले गरेको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले मलेसियाका स्थानीयले गोर्खाली सेनाको सम्झनामा यस्ता कार्यक्रम गर्नु गोरखाली जनतामाथिको सम्मान भएको बताए ।

उनले कार्यत्रममा नेपाली सेनाले पनि विश्वमा शान्ति स्थापनाका लागि महत्वपुर्ण भूमिका खेलिरहेको पनि चर्र्चा गरे । कार्यक्रमका अध्यक्ष दातो आर थम्बीपिल्लेले वीर गोर्खालीले मलेसिया  बनाउन खेलेको भूमिकाप्रति आभार व्यक्त गरेका थिए ।

वीराले मलेसियाको विद्रोहमा सहभागी गोर्खाली,न्युजिल्याण्ड, बेलायत,अष्टे«लिया र बु्रनाईका सेनासँगको सहकार्यमा कार्यक्रम गर्दै आएको छ । मलेसियाको इपोमा युद्धअवस्थामा सहादत प्राप्त गोर्खाली सेनाको कपुरस्थान राखिएको छ ।

गोर्खाली सेनाको स्मारकसमेत रहेको सो स्थानलाई यहाका स्थानीयले महत्वपुर्ण स्थानकारुपमा लिने गरेको नेपाली दूतवास मलेसियाका द्धितिय सचिव अरुण महतले जानकारी दिए । 






प्रतिक्रिया दिनुहोस्...