- देश रोइरहेका बेला मन्त्रीहरू विदेश शयरमा निस्कीदै


काठमाडौँ, २३ जेष्ठ - विपद व्यवस्थापनमा मुलुक जुझिरहेका बेला मन्त्रीहरु एकपछि अर्को विदेश सयरमा निस्किन लागेका छन्।

मन्त्रिपरिषद निर्णयका कारण केही दिन चुपचाप रहेका मन्त्रीहरु धमाधम विदेश भ्रमण निस्किने योजनामा छन्। शिक्षामन्त्री चित्रलेखा यादवको जारी विदेश भ्रमण चर्चामा रहेकै बेला चार मन्त्रीको विदेश भ्रमणको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। स्वास्थ्य मन्त्री खगराज अधिकारी, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा, कृषि मन्त्री हरि पराजुली र अर्थमन्त्री रामशरण महत विदेश भ्रमणमा निस्किन लागेका कान्तिपुर दैनिकमा खबर छ। 

स्वास्थ्य मन्त्री गाबि एलाइन्स नार्को अन्तर्राष्ट्रिय संस्थाको बोर्ड बैठकमा जेठ २६ गते स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने  योजनामा छन्। विपदपछि उनको दोश्रो स्वीट्जरल्याण्ड भ्रमण  हुने छ। वाणिज्य तथा आपूर्ती मन्त्री थापा व्यापार मेला हेर्न जेठ २९ देखि असार १ गते चीन भ्रमणमा जाने तयारीमा छन।

भ्रमण स्वीकृत भए कृषिमन्त्री पराजुली खाद्य कृषि संगठनको बैठकका लागि जेठ २९ देखि १० दिनका लागि इटालीमा हुने छन्। यस्तै अर्थमन्त्री रामशरण महत दाता सम्मेलनको निम्ता दिन महिनाको अन्त्यमा भारत भ्रमणमा निस्किदै छन्।





प्रतिक्रिया दिनुहोस्...