हिन्दी फिल्ममा काम गरिरहेका शंकर बिसी भन्छन् ‘अब बलिउडले देख्नेछ नेपालीपन चर्चित नृत्यनिर्देशक तथा मोडल शंकर बिसी


चर्चित नृत्यनिर्देशक तथा मोडल शंकर बिसी यतिबेला चर्चामा छन्, कारण हो उनको बलिउड यात्रा । नेपालमा नृत्य तथा अभिनयको क्षेत्रमा ख्याति कमाएका बिसीले बलिउडको एक फिल्ममा कोरीयोग्राफि गर्ने अवसर पाएका छन् ।शकंरले मुम्बईको एक प्रोडक्सन प्रा.लीले १० करोडको लगानीमा निर्माण गरिरहेको चलचित्र ‘लभ लाईभ लस्ट’ मा सोलो कोरियोग्राफरको रुपमा काम गरिरहेका छन् । यो फिल्मका मुख्य नायक हुन सुपरस्टार अमिर खानका भाञ्जा अर्यान खान । योअवसर बाट निकै उत्साहित भएका शंकर बिसीले नेपालीकलासँग कुरा गर्दै भने ‘यहाँको काम गर्ने शैली निकै गज्जबको छ, म निकै खुशी छु । मेरो करिअरमा यो अवसरले निकै ठूलो महत्व राख्दछ । भव्य सेटमा दर्जनौ ब्याक डान्सरको साथमा नचाएको छु अर्यान अनि रानीलाई । काम निकै राम्रोसँग भैरहेको छ ।’नेपाली पन पनि छ होला नी नृत्यमा भन्ने जिज्ञासामा उनले भने ‘अवश्य पनि मैले नेपाली पनलाई पनि समेटेको छु । ५ गीतमा कहि न कहि बलिउडले नेपाली पन देख्ने छ ।’दार्जीलिङको सिलगुडीमा छायांकन भैरहेको फिल्मका ५ गीत मध्ये ३ गीतको काम सकिइसकेको छ भने केहि दिन पछि बाँकी २ गीतको काम हुनेकुरा बिसीले नेपालीकलालाई बताए ।






प्रतिक्रिया दिनुहोस्...