सिद्धबाबामा पहिरो खसेर जिप पुरिँदा दुईको मृत्यु, दुईजना घाइते (भिडियोसहित)


बुटवल, आषाढ २ । सिद्धार्थ राजमार्गअन्तर्गत् बुटवल–पाल्पा सडकखन्डको सिद्धाबाबामा बुधबार दिउँसो गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पाल्पाबाट बुटवलतर्फ आइरहेको लु१च २७० नम्बरको जिप दोभानस्थित सिद्धबाबा मन्दिर नजिक सुक्खा पहिरोसँगै आएको ढुंगाले च्यापिँदा जिपमा सवार दुईजनाको मृत्युभएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा यसोदा कोचर र तरुणदीपसिंह कोचर रहेका छन् ।

पाल्पाको प्रवासस्थित लुम्बिनी मेडिकल कलेजबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजतर्फ गैरहेका ४ जनामध्ये दुईजना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुको लुम्बिनी अन्चल अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ । पहिरो गएपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखन्ड अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...