कुवेतमा रहेकी उर्मिलालाई घर फर्काउन पहल


काठमाडौं, जेठ ३१ – साढे तीन वर्षदेखि गैरकानुनी रुपमा कुवेतमा काम गरिरहेकी उर्मिला राईलाई घर फर्काउन खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतले पहल थालेको छ । सम्पर्क मञ्च र यायोक्खाको टोलीले उर्मिलालाई भेटेर उहाँको अवस्थाबारे पनि जानकारी लिएको थियो । उर्मिलालाई यथाशिघ्र स्वदेश फर्काउन कुवेतस्थित नेपाली दूतावासलाई आग्रह गरिएको मञ्चका अध्यक्ष मन्जित राईले जानकारी दिनुभयो ।
उहाँलाई स्वेदश फर्काउने प्रक्रिया भैरहेको दूतावासका श्रमसहचारी गोमा ढकालले बताउनुभयो । गैरकानूनी रुपमा कुवेतमा बसिरहेकी उर्मिलाका बारेमा केही समय अघि उज्यालो अनलाइनमा ‘बाबुआमा नेपालमा पर्खंदै, म छोरी कुवेतमा तड्पिँदै’ शीर्षकको सामग्री प्रकाशित भएको थियो ।





प्रतिक्रिया दिनुहोस्...