भूकम्पपछि अन्तराष्ट्रिय उडान प्रभावित, बुधबार ११ सय २० चालक कारवाहीमा -


काठमाडौं, आषाढ ३ ।  भुकम्पपछि पर्यटक आवागमन घट्दा काठमाडौंबाट हुने अन्तराष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।
भुकम्पपछिको डेढ महिनाको अवधिलाई हेर्दा सातामा झण्डै एक सय उडान कटौती गरेको पाइएको छ ।
नेपाल आउने पर्यटकको संख्या घट्दा एवं नेपालबाट बैदेशिक रोजगारीको लागि विदेशिनेयुवाहरुकमे संख्या पनि घटेकोले अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले नेपाल उडान कटौती गर्न थालेका हुन् ।
उता सडक सवारीको कुरा गर्नुपर्दा काठमाडौं उपत्यका भित्रिने यात्रुहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
उपत्यकाबाट बुधबार ६२ हजार ३ सय यात्रु बाहिरिएका छन भने ६४ हजार ५ सय यात्रु उपत्यकामा भित्रिएका छन ।
त्रिभुवन बिमानस्थलबाट हुने आन्तरिक तथा बाह्य हवाई उडानहरु पनि विहिबार नियमित रुपमा सञ्चालन भैरहेका छन ।
यसैविच, ट्राफिक प्रहरीले नियम मिचेर सवारी चलाउने चालकहरुमाथि कारवाही तिब्र बनाएपनि काठमाडौं उपत्यकामा सवारी नियम मिचेर सवारी चलाउने क्रम रोकिएको छैन ।
बुधबार मात्रै उपत्यकाका विभिन्न ठाँउमा भएका सवारी चेकजाँचको क्रममा बिभिन्न कशुरमा ११ सय २० सवारी चालकलाई कारबाही गरिएको छ ।
जसमा लेन अनुशासन तोडेर सवारी चलाउने ५८ जना, सडक तथा फुटपाथमा सवारी पार्किङ गर्ने २ जना, सवारी साधन मोडीफाई गरेर चलाउने ६ जना, लाईसेन्स नबोकी सवारी चलाउने १४ जना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना रहेका छन् ।
देशभर मनसुन सुरु भएसँगै तापक्रम केही घटेको छ ।
काठमाडौं उपत्यकामा विहिबार दिउसोको अधिकतम तापक्रम २७ देखि २९ डिग्रि सेल्सीयसको बिचमा रहने मौसम पुर्वानुमान मशाहाखाले जनाएको छ ।
विहिबार बेलुकीपख पुर्वी तथा मध्यभेगमा पानी पर्ने संभावना छ ।






प्रतिक्रिया दिनुहोस्...