घरकी छाडेर अर्काकी श्रीमतीसँग अवैध सम्बन्ध राख्दा…


२०७२ असार १ गते १७:१८ काठमाडौं । श्रीमानले परस्त्रीसँग सम्बन्ध राख्दा श्रीमतीलाई कस्तो पीडा हुन्छ ? त्यो पीडा यो घटनाबाट प्रमाणित हुन्छ । आफ्नो जीवनलाई सधैभरी श्रीमानको हातमा सुम्पेर माईतीघरबाट पराइ घर आएकी एक महिलाका आफ्नो श्रीमान परस्त्रीसँग सल्किएको सुन्दा त्यो भन्दा ठूलो घात अरु केही हुन सक्दैन । यस्तै घटना यहाँ अपराधमा बदलिएको छ । श्रीमतीले आफूसँग सुतेका श्रीमानलाई परस्त्रीसँग सल्किएको भन्दै ढुङ्गाले हानेर मारिदिएकी छिन् । 

घटना तमिलनाडुको मदुरई जिल्लाको हो । जहाँ एक ३५ वर्षीय महिलाले पिठो पिस्ने चकियाको ढुङ्गाले हानेर श्रीमानको टाउको बङ्गग्याएर हत्या गरेकी छिन् । महिलाले आफ्ना पतिमाथि रातको समयमा त्यति बेला आक्रमण गरिन जब उनी सुतिरहेका थिए । यो आक्रमणमा मारिने पति ३८ वर्षीय चेल्लापण्डी हुन् । टाइम्स अफ इण्डियाका अनुसार, पतिको हत्या गर्ने यी महिलाका दुई बच्चा, १५ वर्षको छोरा र १४ वर्षकी एक छोरी छिन् । महिलाले आफ्ना दुबै बच्चासँग चौकी गएका प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । महिलाले आफ्नो अपराध पनि स्वीकार गरेकी छिन् । 

प्रहरीले भनेको छ कि महिलाका पति काला जादू गर्ने दाबी गर्थे । पीडित पुरुषको कयौं महिलासँग अवैध सम्बन्ध थियो जसका कारण पत्नीसँग दिनहुँ झगडा भइरहन्थ्यो । सोमबार राति जब उनी मदिरा सेवन गरी घर आए । तब पत्नीसँग झगडा सुरु भयो । तर झगडा गरेको केही बेरमै ती पुरुष सुत्न पुगे । तर जसरी उनी सुते त्यसै मौकामा उनकी पत्निले चकियाको एक ढुङ्गा उठाएर उनको टाउको हाने । जसका कारण उनको मृत्यु भयो । ती महिलाले प्रहरीलाई बताएकी छिन् कि उनका श्रीमानलाई अर्काकी श्रीमतीसँग सम्बन्ध नराख्नुस भन्दा पनि कयौंका श्रीमतीसँग अवैध सम्बन्ध राख्थे । र दिनहुँ मदिरा पिएर आउथे । जसका कारण उनलाई घरमा बस्न मुश्किल भइसकेको थियो । एजेन्सी





प्रतिक्रिया दिनुहोस्...