यी रहेछन् सुटकेसभित्र टुक्रा टुक्रा भेटिएका पुरुष



फोटो :फाइल फोटो
काठमाडौं : नेपाल प्रहरीले काठमाडौंको नरेफाँटस्थित हनुमन्ते र मनहरा खोलाको दोभानस्थित ढलभित्र भेटिएका एक पुरुषको स्केच सार्वजनिक गरेको छ ।

गत जेठ १८ गते हनुमन्ते र मनोहराको दोभानमा रहेको फुटबल मैदान नजिकै ढलको मंगालमा  भेटिएको थियो ।

करिब ३० देखि ३५ वर्षका देखिने ती व्यक्तिको टाउको, हात र खुट्टाहरु छुट्याई प्लाष्टिकमा पोको पारी बाहिरबाट बोरामा हाली कलेजी रंगको सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले शरीरको भाग अर्को सुटकेसमा प्याक गरी फालेको अवस्थामा फेला पारेपछि सनाखतको प्रयास गरेको थियो । सनाखतको प्रयास सफल हुन नसकेपछि प्रहरीले ती पुरुषको सनाखतका लागि स्केच सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चिकित्सकीय परीक्षणका क्रममा अनुहार गोलो, सेतो छाला र दाह्री जुँगा भएको, शरीरको अन्य भाग हात र खुट्टामा समेत रौं बाक्लै रहेको ती पुरुषको सनाखत हुन सकेको छैन ।

शवको दाहिने गालामा र बायाँ कानमुनी गर्धनको भागमा कालो तिल कोठी, कानको लोती अर्ध जोडिएको, नाक मध्यम, कालो आँखी भौं रहेको महानगरीय अपराध मशाखाले जानकारी दिएको छ ।

सुटकेसबाट बरामद गरिएको शवसँगै कोठारी कम्पनीको घ्यु कलरको आधा च्यातिएको स्यान्डोसँगै, जकी स्पोर्टक कटन लेखिएको पुरा बाउला भएको कफी कलरको पातलो टिसर्ट र दाहिने हातको नाडीमा पूजामा बाँध्नेजस्तो धागोको डोरी बाँधिएको पाइएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अनुसन्धान पनि जारी रहेकाले उनको पहिचान गर्न सजिलोका लागि स्केच सार्वजनिक गरिएको जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्...