बाढीले दर्जनबढी झोलुङ्गे पुल बगायो


फोटो :फाइल फोटो
१२ हजार वाटको पेल्ट्रिकसेट ध्वस्त 
सङ्खुवासभा : बुधबार रातिदेखिको अविरल वर्षापछि जलजला र चैनपुर नगरपालिका हुँदै बग्ने हेवाखोलामा आएको बाढीले   दर्जनबढी झोलुङगे पुल बगाएको छ । यस वर्षकै ठुलो वर्षा भएपछि जलजला–१ चौरीखर्कमा निर्माण गरिएको १२ हजार वाटको पेल्ट्रिकसेट पनि बगाएको छ । 
 
हेवाखोलाको मुहान क्षेत्रको बाँदरमुखे भीरमा ठुलो पहिरो गएपछि जलजला–१ र चैनपुर नपा १ बिमिरे पुल, जलजला–१ कै डाँडेबाट चैनपुरनपा १ मच्छेवुङ तर्ने पुल, जलजला–४ कोकले आसपासका चारवटा पुलमा क्षति पु¥याएको जलजला–१ का स्थानीयबासी भरत कार्कीले बताए । 
 
पुल बगाएपछि जलजलाबासी इलाकास्तरीय काम लिएर चैनपुर जान र अत्यावस्यक सामाग्री खरिद गर्न जान समस्या भएको सिंहेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक थीरबहादुर राईले बताए । बाढीबाटा जलजला–४ दोभानेको बस्ती पुरै विस्थापित भएको छ । बस्ती हाल नजिकैको सुरक्षित स्थानमा सरिएको राईले बताए । 
 
बाढीले थप क्षति पु¥याएको हुनसक्ने भन्दै विवरण संकलनमा जुटिरहेको जलजला–१ का पुर्व अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए । 
 
हेवाखोलाबाट उत्पादन गरिएको विद्युतको मेसिन र कुलो बगाए पछि दुई सय परिवार अन्धाकारमा बस्न बाध्य भएका छन् । बाढीले लाखौंको खेतियोग्य जमिन बगाएको अध्यक्ष तामाङले बताए । 






प्रतिक्रिया दिनुहोस्...