विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


पर्वत: अज्ञात रोगका कारण एक्कासी विद्यार्थीहरु ढल्न थालेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ।विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरु एक्कासी बेहोस हुन् थालेपछि पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेका महेन्द्रज्योती उच्च मावि बन्द भएको हो।
विद्यार्थी एक्कासी वेहोस भएर ढलेपछि विद्यालयकेा पठनपठान बुधवार दिउँसोदेखि बन्द गरिएको छ। दिउँसो कक्षा चलिरहेका बेला कक्षा ८ र ९ का १५ जना विद्यार्थी बहोस भएर ढलेका हुन्। 
उनिहरुलाई तत्कालै स्थानिय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर उपचार गरिएको र अहिले अवस्था सामान्य रहेको स्थानिय जीवन उच्चै ठकुरीले जानकारी दिए। 
उनीहरुलाई अत्याधिक गर्मी र मास हिस्टेरीको समेत लक्षण देखिएको स्वास्थ्य केन्द्रका अहेव नरवहादुर बरालले जानकारी दिए। वेहोस भएका सवै छात्राहरुलाई उपचार पश्चात अभिभावकको जिम्मा लगाइएकेा जनाईको छ।


index18





प्रतिक्रिया दिनुहोस्...