बारम्बार फोन गर्दा पनि किन आएनन् फुटबल खेल्न हमाल ?


शनिबार भएको नेता र कलाकारबीचको मैत्रीपूर्ण खेलमा चर्चित अभिनेता राजेश हमाल सहभागी भएनन् । हमाललाई बारम्बार फोन गर्दा पनि उनी सम्पर्कमा आउन नचाहेको श्रोतले बताएको छ । शनिबार भएको खेल सामान्य कारणले खेलिएको थिएन । वैशाख १२ गते गएको भूकम्पका कारण आफन्त गुमाएका र घरबार बिहिन भएकाहरुलाई सहयोग गर्नका लागि खेल भएको थियो । जसमा नेपालका सबै राजनीतिक दलका नेता सहभागी थिए । राष्ट्रपति, प्रधानमन्त्री, शिर्ष दलका नेता सबैजसो जर्सीमा मैदानमा उत्रिए र पवित्र कामका लागि भेला भए । हलचोक मैदानमा खेल भैरहदा अभिनेता हमाल भने एक बोडिङ स्कुलमा पुगेर विद्यार्थीसँग भलाकुसारी गर्दै थिए । भूकम्पछि विद्यार्थीलाई मानसिक रुपमा पनि मनोरञ्जन आवश्यक परेको छ । नेपाल चलचित्र कलाकार संघले जारी गरेको कलाकारको सूचीमा हमालको नाम थियो । तर, हमाल कार्यक्रममा सहभागी भएनन् । केही बर्ष अगाडि आयोजित एक फुटबल खेलमा हमाल उपस्थित भएर खेल खेलेका थिए । हमाल उपस्थित हुनेभन्दा दर्शकको संख्या बढ्ने निश्चित थियो । जसबाट अझ केही बढी रकम उठ्ने पक्का थियो । तर, हमालले यस्तो पुण्य कामका लागि उपस्थित हुनु भन्दा विद्यार्थीसँग नै रमाउन आवश्यक किन ठाने, अहिले धेरैले यो प्रश्न गरेका छन् । प्रकाशितः फिल्मी खबर डट कम




प्रतिक्रिया दिनुहोस्...