बुटवलमा संकास्पद अबस्थामा कोठाभित्रै शब भेटिएको छ...!


बुटवल,जेठ २४
बुटवलमा एक युवतीको संकास्पद अबस्थामा कोठाभित्रै शब भेटिएको छ । बिगत ३ बर्षदेखि उनी बस्दै आएको बुटवल १३ देबिनगरको धर्मश्री पथमा रहेको डेराको ३ फिट अग्लो ढोकाको ह्याण्डीलमा पासो लगाएको अबस्थामा भेटिएकी हुन् । ।उनले आत्महत्या वा अरु कसैले हत्या गरेको हो त्यो भने खुल्न बांकी छ ।बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा बिबिएस तेश्रो बर्षमा अध्ययनरत राधिका बरम मगर ले (राधा) २३ (बर्षिय ) ले चुन्नीको पासो लगाएको अबस्थामा प्रहरीले फेला पारेको हो । उनको ढोकाभने खुलै भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक केदार पन्तले नागरिक आवाजलाई बताए ।बिहान ९ बजेतिर झुण्डीएको देखेपछि घरधनीलाइ खबर भएको थियो ।अर्घाखांची अड्गुरी ८ स्थायी घर भएकी राधाले सुसाइट नोट पनि लेखेकी छन् । उनले कसैको मायामा फसेर माया नपाएपछि‘आइ हेट यू ’ पनि लेखेकी छन् ।एउटै घरमा बस्ने एक जना साथिको किताब र कापी पनि राधिकाको बेडमा भेटिएको छ ।पोष्ट मार्टमका लागि उनको शब लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।उनको बुबा डोलबहादुर बरम्ले मगर अर्घाखांचीबाट बुटवल आउदै छन् ।





प्रतिक्रिया दिनुहोस्...