सभासदले मासिक कति कमाउँछन्?


काठमाडौं, जेष्ठ ३२ । एकजना सभासदले मासिक कति तलब खालान् ? यो सबैको चासो र जिज्ञासाको विषय बन्ने गरेको छ ।

संविधानसभाको एकजना सभासदले स्वकीय सचिवालयको खर्च सुविधासहित मासिक झन्डै १ लाख बुझ्ने गर्छन् ।

सभासदले विभिन्न शीर्षकमा पाउने रकमसमेत जोड्दा मासिक ९९ हजार ४ सय ८ रुपैयाँ पुग्छ ।

सभासदले मासिकरुपमा पाउने पारिश्रमिकतथा सुविधाको विवरण यस्तो छ ।

पारिश्रमिक ४४,१८०।–
धारा–बिजुली १,२४८।–
टेलिफोन २,०००।–
आवास ६,५००।–
मसलन्द १,०००।–
पत्रपत्रिका ३००।–
स्वकीय सचिवालय सुविधा २४,४००।–
जम्मा पाउने रकम ९९,४०८।–

अन्य सुविधा
योबाहेक एक सभासदले बैठक भत्ताबापत दैनिक दुई सय रुपैयाँ पाउँछन् । संसद तथा संविधानसभाका समितिका बैठक र अधिवेशनमा उपस्थित भएका दिन परिवहन भत्ताबापत १ सय ५० रुपैयाँ पाउनेछन् ।

आफ्नो निर्वाचन क्षेत्र वा बासस्थानबाट अधिवेशन वा समितिका बैठकमा भाग लिन आउँदा–जाँदा दुईजनाको भ्रमण खर्च पाउने व्यवस्था रहेको छ । एक कार्यकालमा फर्निचर सुविधाबापत १५ हजार रुपैयाँ पाउँछन् । महंगी भत्ताबापत मासिक १ हजार रुपैयाँ पाउछन् ।

कति पाउँछन् पुष्पकमल दाहालले ?
एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल विपक्षी दलका नेतासमेत हुन् । उनलाई अहिले संसद सचिवालयले विपक्षी दलका नेताको हैसियतले सेवा–सुविधा उपलब्ध गराएको छ ।

स्वकीय सचिवालय सुविधासहित उनका लागि मासिक १ लाख ६६ हजार ३ सय ८ रुपैयाँ खर्च हुन्छ ।

यस्तो छ दाहालले पाउने पारिश्रमिक तथा सुविधाको विवरण
पारिश्रमिक ४८,७७०।–
धारा–बिजुली १,२४८।–
टेलिफोन २,०००।–
आवास २३,५००।–
मसलन्द २,०००।–
पत्रपत्रिका ३००।–
पेट्रोल २३० लिटर
मोबिल ५ लिटर 





प्रतिक्रिया दिनुहोस्...