‘मारिना’मा आर्यन बाबु बन्ने,


aaryan-sigdelनायक आर्यन सिग्देलले १ महिना भन्दा बढी चलचित्रको छायांकन नहुँदा मानसिक रुपमा तनाव भएको बताएका थिए । उनले आफू काम गर्ने मानिस भएकाले खाली बस्दा तनाव भएको अनलाइनखबरसँग प्रतिक्रिया दिएका थिए ।
उनै आर्यन अब एकपछि अर्को चलचित्रमा व्यस्त हुनेछन् । आर्यन अब केही समयमा नै चलचित्र ‘मारिना’को छायांकनमा व्यस्त हुनेछन् । यो चलचित्रमा आर्यन बाबु बन्न लागेको  प्रस्तुतकर्ता श्याम अर्याल बताउँछन् । उनले भने-‘आर्यनका लागि २ वटा भूमिका छ, जुन रोजेपनि हामी खेलाउन तयार छौ ।’
रतन थापाको निर्माणमा तयार हुन लागेको चलचित्रमा अनुप गिरीको निर्देशन रहनेछ । चलचित्रमा ज्ञानेन्द्र थापाको छायांकन, अर्जुन पोख्रेलको संगीत रहनेछ । चलचित्रका लागि केही नायिकासँग कुरा भैरहेकाले केही दिनमा नै पक्का हुने निर्माणपक्षको भनाई छ ।
आर्यनले यो चलचित्रमा नयाँ प्रयोग गर्न खोजेको वुझिएको छ । यो चलचित्रको छायांकन सकिएपछि आर्यन ‘क्लासिक’को छायांकनमा व्यस्त हुनेछ । सुवास गिरीको निर्माणमा दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्र साउन १५ गतेबाट छायांकनमा जाँदैछ ।
यो चलचित्र लगतै आर्यन सिग्देलले विकास आचार्यको निर्देशनमा बन्न लागेको ‘नाई नभन्नु ल ४’मा मुख्य भूमिकामा काम गर्नेछन् । विकासले आर्यनलाई लिएर भदौ १५ बाट छायांकन सुरु गर्ने तयारी गरेको बताए ।
भुकम्पका कारण छायांकन रोकिएपछि कलाकारलाई चाप बढ्ने पक्का छ ।






प्रतिक्रिया दिनुहोस्...