१३ वर्षीया किशोरीलाई विवाह गर्छु भनी भगाएर ११ दिनसम्म यौनशोषण गरेर घरमा ल्याएर छोडिदिएपछि


असार ०३, महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको झुठो आश्वासन दिएर पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने झुठो आश्वासन दिएर ललाइफकाइ भगाएर ११ दिनसम्म पटकपटक यौनशोषण गरेको र जेठ २८ गते घरमा ल्याएर छोडिदिएपछि किशोरीको विचल्ली भएको छ ।
  
ती किशोरीले असार २ गते आफ्ना अभिभावकको साथमा आएर वासिमविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट तत्काल खटी गएका प्रहरी टोलीले वासिमलाई पक्राउ गरेको हो । वासिममाथि प्रहरीले बुधबार साँझ नै जबर्जस्ती करणी मुद्दा दायर गरेको जनाएको छ । रासस





प्रतिक्रिया दिनुहोस्...