भूकम्पमा आमा गुमाएका एक बालकलाई बिबिएसम्म निःशुल्क शिक्षा


काठमाडौं, जेठ २१ – एभरेष्ट उमाविसँग सहकार्य गर्दै तीन जना युवाले १५ लाख बढिको राहत वितरण गरेका छन् । गागलफेदी सुनारटोलमा भूकम्पका कारण आमा गुमाउन पुगेका १ महिने बालकलाई बिबिएससम्मको निःशुल्क शिक्षा एभरेष्ट स्कुलमा गरिदिने व्यवस्था गरिएको स्कुलका सह–प्रधानाध्यापक अनुप आचार्यले बताए ।
7 aama Gumayeka Balak
वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पका कारण क्षति भएका गोरखा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न गाविसमा राहत वितरण गरिएको राहत वितरण कार्यक्रमका संयोजकसमेत रहेका अनुप आचार्यले जानकारी दिए ।
राहत वितरणमा सक्रिय रहेका अनुप आचार्य, एमडि शेख र देवि अंगाईले व्यक्तिगत रुपमा संकलन भएको राहत भूकम्प प्रभावित गाविसको सिफारिसका आधारमा वितरण गरिएको बताए । राजधानीको ग्वाल्कोपाखामा रहेको एभरेष्ट स्कुललाई आधार बनाएर संकलन भएको राहत चामल, दाल, नुन, खानेतेल, औषधी, चाउचाउ, बिस्कुट, मसला, चिउरा, सुत्केरी र बच्चाको लागि खाना वितरण गरिएको थियो ।
विदेशमा रहेको नेपाली विद्यार्थीहरु विभिन्न पेशा र व्यावसायमासक्रिय रहेको व्यक्तिहरुका कारण राहत संकलन र वितरण गर्न सकिएको एमडि शेखले बताए । वैशाख १३ गतेदेखि राहत वितरण कार्य शुरु गरि हालसम्म पनि वितरण गर्दै आएको बताउँदै शेखले यसलाई निरन्तरता दिने बताए ।






प्रतिक्रिया दिनुहोस्...