श्रीमति परपुरूषसँग हिडेको भन्दै चक्कु प्रहार गरि श्रीमतिको हत्या


सामान्य विवादमा काठमाण्डौमा एक पुरूषले आफ्नै श्रीमतिको हत्या गरेका छन् । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार काठमाण्डौ मनमैजुमा श्रिमान श्रीमतिबीच अविस्वासका कारण श्रीमानले चक्कु प्रहार गरि आफ्नै श्रीमतिको हत्या गरेका हुन् । परपुरूषसँग हिडेको भन्ने बिषयलाइ लिएर सामानय विवाद हुँदा काठमाण्डौ मनमैजु डेरा गरि बस्ने धादिङ छत्रेदेउराली- ६ कि ३२ बर्षिया राधिका कार्कीको चक्कु प्रहारबाट मृत्यु भएको हो । उनकै श्रीमान ४२ बर्षिय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कु पेटमा प्रहार गर्दा गम्भिर घाइते भएकि राधिकाको शिक्षण अस्पतालमा उपचारको क्रममा शनिवार मृत्यु भएको हो । श्रीमान हरिहरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा सामान्य विवादका कारण रीसलाई थाम्न नसकेर राधिकालाई चक्कु प्रहार गरेको हरिरहले बताएका छन् । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।






प्रतिक्रिया दिनुहोस्...