सरकारी कर्मचारीको तलव १० प्रतिशत वढ्दै
काठमाडौं, असार २८
सरकारी
कर्मचारीको तलव १० प्रतिसत सम्म वढाउने तयारी भएको छ । महाभुकम्पपछिको
पुर्ननिर्माणमा धेरै खर्च गर्नुपर्ने भएकोले आफुहरुले तलव वृद्धिलाई
प्राथमिकतामा नराख्न सुझाव दिएपनि अर्थमन्त्रालयले १० प्रतिसत सम्म तलव
वढाउने तयारी गरेको राष्ट्रिय योजना आयोगका एक सदस्यले चक्रपथलाई वताए ।
सेना, प्रहरी र निजामती गरि करिव ६ लाख
कर्मचारीले राज्य कोषबाट तलव लिन्छन । यसपटक कर्मचारीको तलव वढाउन ट्रेड
युनियनहरुले अघिल्ला वर्षहरुमा जस्तो दवाव पनि नदिएकोे र पुर्ननिर्माणमा
पनि खर्च गर्नुपर्ने भएकोले तलव बढाउने विषयमा राष्ट्रिय योजना आयोग असहमत छ
।
तर पनि अर्थका अधिकारीले तलव बृद्धिको
तयारी गरेको योजना आयोगका ति सदस्यले बताए । नेपाल निजामती कर्मचारी
संगठनका महासचिव मोहन घिमिरेले २ वर्षदेखि कर्मचारीको तलव वृद्धि नभएकोले
यसवर्ष वढाउनुपर्ने दावी गरे ।
उनले सवै सरकारी कर्मचारी महाभुकम्प पछिको
राहत र उद्धारमा अहोरात्र खटिएको र पुर्ननिर्माण कार्यमा पनि उत्साहित
तुल्याउन तलव वृद्धि आवश्यक रहेको बताए । वजेटमा पुर्ननिर्माणको लागि १
प्रतिसत पुर्ननिर्माण कर लगाउने तयारी पनि भएको छ ।
तर अरु नियमित करका दरहरुमा खासै परिवर्तन
नहुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री डाक्टर रामशरण महतले
मंगलवार साढे ८ खर्व हाराहारीको वजेट व्यवस्थापिका ससंदमा पेश गर्दैछन ।