पृथ्वीमाथि संकटै संकट, फेरि देखियो अर्को खतराको संकेत !


एजेन्सी । पृथ्वीको महाद्विपीय क्षेत्रमा हामी बसेका छौं । पृथ्वीको दुई तिहाई भूभाग अहिले पनि पानीले घेरिएको छ । तर अहिले तिनै महाद्विपीय क्षेत्र पातलो हँुदै गएको र एक दिन पृथ्वी पानी नै पानी हुने चेतावनी दिएका छन् ।वैज्ञानिकहरुका अनुसार दुई अरब वर्षमा पृथ्वी पूर्ण रुपमा गायब हुन्छ र पूरै पानी नै पानी हुन सक्छ ।‘न्यु साइन्टिस्ट’ को समाचार अनुसार एक नयाँ वैज्ञानिक अनुमानमा बताइएको छ की पृथ्वीको महाद्विपीय क्षेत्र क्षण बन्दै गइरहेको छ र यही गति कायम रहने हो भने सम्पूर्ण जमीन पानीमा डुब्न सक्छ ।बेलायतको युनिभरसिटी अफ ब्रिस्टलका ब्रुनो धुइमे र उनका साथीहरुले संसारभरका १३ हजार चट्टानको नमुना संकलन गरेर नमुना परीक्षण गरी पृथ्वीको पत्रीय इतिहासको तुलना गरेका हुन् ।





प्रतिक्रिया दिनुहोस्...