केटाले बिहे गर्न दबाब दिएपछि युवतीले यसरी गरिन् रामधुलाई




रतलाम, १९ असार । दुई बर्षसम्म फोन र इन्टरनेटमा मनसिक पिडा दिदै आएका एक युवकलाई पीडित युवतीले रामधुलाई गरेकी छिन् । घटना भारतको हो । मध्यप्रदेशन स्थित रतलामकी एक युवतीले तनाबकै कारण आत्महत्या समेत गर्न तयार भएकी थिइन् ।
ढोढर चौकीका अनुसार बर्ष २३ का दिपेश ठाकुरले २ बर्षअघि कलालिया निवासी ती युवतीलाई बसमा भेटेका थिए । गफैगफमै युवकले फोन नम्बर मागेका थिए । त्यस लगत्तै उनिहरुबिच कम्प्यूटरमा कुराकानी सुरु भएको थियो । उनिहरुबिच कुराकानी बढ्दै गएपछि च्याटमा युवकले विवाहको लागि दबाब दिन थाले ।
विवाह नगरे जे पनि गर्ने भन्ने धम्की दिपेशले दिएपछि मानसिक तनावमा रहेकी युवतीले भेट्न भन्दै नजिकको पार्कमा बोलाइन् र दाजुभाइको सहयोगमा ती युवकलाई रामधुलाई गरिन् ।
धुलाईपछि प्रहरीलाई रिपोर्ट लेखाउदै ती युवतीले विवाहको लागि दबाब दिएका दिनेशले विवाह नगर्ने भए ७० हजार दिन पर्ने शर्त राखेको पनि प्रहरीसामु बताएकी छिन् ।
3_14359843952_1435984393






प्रतिक्रिया दिनुहोस्...