तीन व्यक्ति सहित रहेको विमान बेपत्ता...खोजीकार्य जारी



लस एन्जेलस:  वासिङ्गटन राज्यको छिमेकमा पर्ने मोन्टानाराज्यबाट प्रस्थान गरेको एक सानो विमान बेपत्ता भएको छ ।

 तीन व्यक्ति मात्र सवार रहेका सो विमानको खोजीकार्य जारी रहेको उद्धारकार्यमा कार्यरत उद्वारकर्ताहरुले जानकारी दिएका छन् । 
 
स्थानीय समयअनुसार शनिबार ४ बजे मोन्टानाबाट प्रस्थान भएको सो विमान बेपत्ता भएको जनाइएको छ ।
 
सो विमानमा रहेका व्यक्तिका परिवारका सदस्यले आफ्ना परिवारका सदस्य आइ नपुगेको खबर सम्बन्धित अधिकारीहरुलाई गराएका वासिङ्गटन राज्यको यातायात विभागले जानकारी दिएको छ । 
 
सो विमानमा ६२ वर्षीया लेल्यान्ड बोवमान उनकी पत्नी सारोन बोवमान र १६ वर्षीया छोरी आटुम्न भेआत्च रहेकी परिचय खुलेको छ । 






प्रतिक्रिया दिनुहोस्...