भारतबाट गाडि किनेर नेपाल ल्याउँदा अब सवारी भन्सार पाँच प्रतिशत मात्रै


काठमाडौं, २९ असार । आगामी आर्थिक वर्ष २०७३/०७३का लागि सरकारले सार्वजनिक गरेको नयाँ बजेटमा सवारी भन्सार घटाएको छ ।

अर्थमन्त्री रामशरण महतले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा सर्वाजनिक सवारीका साधनको हकमा भन्सार पाँच प्रतिशत मात्रै लिने र राजमार्ग शूल्क पनि नलिने उल्लेख गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्नेगरी दर्ता भएका सहकारी तथा कम्पनीले आयात गर्ने ४० र सो भन्दा बढी सिट क्षमता भएका सवारी साधनको आयातमा पाँच प्रतिशत मात्र भन्सार महसुल लिई अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने व्यवस्था मिलाएको छ । अर्थमन्त्रीद्धारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
budget-1





प्रतिक्रिया दिनुहोस्...