कर्मचारीको तलब नबढेकाेमा मन्त्री पण्डित असन्तुष्ट


Lalbabu-pandit३० असार, काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुको तलब नबढेकोमा आफूलाई अप्ठ्यारो लागेको बताएका छन् । बजेट घोषणा हुँदा आफूलाई थोरै भए पनि तलब बढ्छ भन्ने आश लागेको मन्त्री पण्डितको भनाइ छ ।

‘मैले पनि आश गरेको थिएँ कि यसपालि केही न केही तलब बढ्छ भनेर’ मन्त्री पण्डितले अनलाइनखबरसँगको अन्तरवार्तामा भने, ‘तलब वृद्धि नभएकोमा मलाई पनि अप्ठ्यारो महसुस भएको छ ।’
बजेट अाइसकेपछि पनि अब आफूले केही मात्रामै भए पनि बजेटको सिलिङभित्र रहेर कर्मचारीको तलब बढाउन पहल गर्ने मन्त्री पण्डितले बताए । तर, यति नै बढाउने भनेर अहिले नै भन्न नसक्ने उनले स्पष्ट पारे ।
बजेट आउनुअघि आफूले अर्थमन्त्री डा. रामशरण महतसँग कर्मचारीको तलब बढाउनेबारे अनौपचारिक कुरा गरेको तर, बजेट भाषण सुन्दा तलब नबढेपछि आफूलाई अप्ठ्यारो महसुस भएको पण्डितले दुखेसो पोखे ।
अवकास पाएर सरकारको पेन्सन खाने कर्मचारीले पनि डीभी पीआर लिन नपाउने व्यवस्था गरिने मन्त्री पण्डितले बताए
सरकारी कर्मचारीले डीभी, पीआर लिन नपाउने गरी निजामति सेवा ऐन संशोधन भएकोमा खुशी देखिएका मन्त्री पण्डितले आफ्नै कार्यकक्षमा बुधबार अनलाइनखबरसँग भने- ‘प्रधानन्यायाधीश र प्रधानमन्त्री हुञ्जेल नेपालमा बस्ने अनि पदबाट हटेपछि विदेशमा बस्ने बेथिति छ,’ अब राजनीतिक नियुक्ति पाउनेहरुले पनि डीभी पीआर लिन नपाउने गरी कानून संशोधन हुन्छ ।’
अवकास पाएर सरकारको पेन्सन खाने कर्मचारीले पनि डीभी पीआर लिन नपाउने व्यवस्था गरिने मन्त्री पण्डितले अनलाइनखबरलाई बताए ।






प्रतिक्रिया दिनुहोस्...