यौनसम्पर्क गर्दागर्दै मृत्यू भएपछि…


यौन भने बित्तिकै मानिसमा थुप्रो सोचहरु आउछ भने यसलाई स्प्रस्ट रुपमा भन्नु पर्दा यो आनन्द प्राप्त हुने माध्यम पनि हो । ३६ वर्षीया लुसी ब्राउनलीमाथि जुन विपत्ति आयो शायदै धेरै कमले विश्वास गर्नेछन् । तर, यो सत्य हो कि यौन सम्बन्ध कायम गर्दागर्दै उनका श्रीमान मार्क जान्स्टनको ज्यान गयो । डेली मेलमा प्रकाशित समाचारअनुसार लुसीका श्रीमान मार्क जान यौन सम्बन्ध कायम गरिरहेका बेला गएको हो । हालै प्रकाशित एक पुस्तकमा लुसीले आफ्नो श्रीमानको मृत्युको खुलासा गरेकी हुन् ।लुसीका अनुसार उनीहरुलाई अर्को बच्चा चाहिएको थियो । यही चाहनामा उनीहरु सेक्स गरिरहेका थिए । तर, मार्कलाई यौन सम्पर्क गरिरहेकै बेला हृदयघात भयो ।दुःखको कुरा मार्कको त्यही मृत्यु भयो । यद्यपि उनीहरुको एउटा बच्चा थियो । तैपनि उनीहरु अर्को बच्चा पनि जन्माउन चाहन्थे ।तर, भगवानले अरु नै केही चाहेका थिए । लुसीले भनेकी छन् मार्क र उनीबीच कयौ दिनदेखि सम्बन्ध बनेको थिएन। त्यसैले जब उनीहरु नजिक आए तब मार्कको धड्कन एक्कासी बढ्न थाल्यो । जुन उनले सहन गर्न सकेनन् । चिकित्सकहरुका अनुसार मार्क अरिथिमिया नामको रोगबाट ग्रसित थिए । यो रोग भएकाहरुमा मुटुको बीट अचानक बढ्ने गर्दछ । जसबाट हृदयघात हुने सम्भावना बढी रहन्छ । लुसी अर्को बच्चा पाउने चाहना राख्दा आफ्नो पति पनि गुमौना पुगीन । स्रोत : ओ यस नेपाल






प्रतिक्रिया दिनुहोस्...