यी हुन् विश्वका टपटेन सुपर कम्प्युटर


Super-Computer
चिनिया कम्प्युटर तियान्हे-२ लगातार पाँचौ पटक विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बन्न सफल भएको छ । विश्वका सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरको सूचिकरण गर्ने दी टप फाइभ हन्ड्रेड परियोजनाले सार्वजनिक गरेको पछिल्लो सूचिमा तियान्हे-२ पुनः विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटर बन्न सफल भएको हो ।
चीनको नेसनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीले विकाश गरेको यो सुपर कम्प्युटरको नामको अर्थ ‘आकाश गंगा-२’ भन्ने हुन्छ र यो कम्प्युटरले ३३.८६ पेटाफोल्ड प्रति सेकेण्ड अर्थात प्रति सेकेण्ड १० हजार खर्ब वटा हिसाब सम्पन्न गर्न सक्छ ।
विश्वको सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरको दोश्रो स्थानमा अमेरिकाको उर्जा मन्त्रालय अन्तरगतको ओक रिज नेसनल ल्याबोरेटरीमा राखिएको टाइटन नामक सुपर कम्प्युटर रहेको छ । यो कम्प्युटरको क्षमता लिनप्याक मापदण्डमा १७.५९ पेटाफोल्ड प्रति सेकेण्ड रहेको छ ।
हरेक दुइ वर्षमा निकालिने यस्तो सूचिको टप टेनमा मध्यपूर्वी एसियाबाट पहिलोपटक साउदी अरबले उत्पादन गरेको एक सुपरकम्प्युटर पनि पर्न सफल भएको छ ।
साउदी अरबको किंग अब्दुल्लाह युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा राखिएको क्रेइ एक्ससी ४० सिस्टमको साहीन दोश्रो सुपर कम्प्युटर विश्वका शक्तिशाली सुपर कम्प्युटरको सातौँ स्थानमा छलाङ मार्न सफल भएको छ ।
टप टेन शक्तिशाली कम्प्युटरको यसअघिको सूचि भन्दा केवल यो साउदी कम्प्युटर मात्र नयाँ प्रवेश पाएको हो भने अरु पूरानै हुन् ।
विश्वको सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरको तेश्रो स्थानमा अमेरिको लरेन्स लिभरमोर नेसनल ल्याबमा रहेको आइबीएम कम्पनीको सेक्विआ कम्प्युटर रहेको छ । चौथो स्थानमा जापानको फुजित्सु कम्पनीको के नामको कम्प्युटर यथावत छ भने पाँचौ स्थानमा अमेरिकाको आर्गोन नेसनल ल्यावमा रहेको आइबिएम कम्पनीको मिरा नामक कम्प्युटर रहेको छ ।
विश्वका शक्तिशाली सुपरकम्प्युटरको छैटौँ स्थानमा स्विजरल्याण्डको स्विस नेसनल सुपरकम्प्युटिङ सेन्टरमा रहेको पिज डाइन्ट कम्प्युटर छ ।
आठौँ स्थानमा अमेरिकाको टेक्सास एडभान्स्ड कम्प्युटिङ सेन्टरस्थित डेल कम्पनीको स्टाम्पेड कम्प्युटर रहेको छ । नबौँ स्थानमा जर्मनीको फर्सुग्जेन्ट्रमस्थ्ित आइबीएम कम्पनीको जुक्वीन कम्प्युटर रहेको छ । दशौँ स्थानमा अमेरिकाको लरेन्स लिभरमोर नेसनल ल्याबमा रहेको आइबिएम कम्पनीको भुल्कान कम्प्युटर परेको छ ।
सुपरकम्प्युटरमा अमेरिका अगाडि
जर्मनीकेा फ्रांकर्फटमा आयोजित इन्टरनेसनल सुपरकम्प्युटिङ सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांक अनुसार विश्वका सबैभन्दा शक्तिशाली ५ सय सुपर कम्प्युटरमध्ये अमेरिकी कम्प्युटर २ सय ३३ वटा रहेका छन् । यो अघिल्लो वर्षको संख्या जत्तिकै हो भने सन् २०१३ मा भन्दा कम हो ।
विश्वका शक्तिशाली ५ सय सुपर कम्प्युटर मध्ये युरोपमा रहेका कम्प्युटरको संख्या १ सय ४१ वटा रहेको छ । त्यस्तै एसिया क्षेत्रबाट १ सय ८ वटा कम्प्युटरले मात्र शक्तिशाली ५ सय कम्प्युटरको सूचिमा नाम लेखाउन सफल भएका छन् ।
सबैभन्दा शक्तिशाली कम्प्युटरको सूचिमा पहिलो नम्बरमा पर्न सफल भएपनि शक्तिशाली ५ सय कम्प्युटरमध्ये चिनिया हिस्सा भने निकै कम छ । चीनका ३७ वटा कम्प्युटर मात्र विश्वका शक्तिशाली ५ सय कम्प्युटरको सूचिमा पर्न सफल भएका छन् । यद्यपि नयाँ प्रविधिको विकाशमा भने चीन सबैभन्दा अगाडि देखिएको छ ।






प्रतिक्रिया दिनुहोस्...