झडपमा कमल थापाकी पत्नीसहित ११ जना घाइते
हेटौंडाः संविधानको मस्यौदामा सुझाव संकलन केन्द्रमा पुगेका राप्रपा नेपालका कार्यकर्ता प्रहरीसँग झडपमा उत्रिएका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र १ अन्तर्गत हटिया संयुक्त वडा कार्यालयमा सोमबार भएको सुझाव संकलन कार्यक्रममा भएको झडपमा राप्रपा नेपालका अध्यक्ष कमल थापाकी पत्नी प्रलिता थापा र केन्द्रीय सदस्य राजाराम बर्तौलालगायत ११ जना घाइते भएका छन् ।
हिन्दु राष्ट्रको माग गर्दै नारबाजीसहित सुझाव संकलनस्थलमा पुगेका राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
राप्रपा नेपालका कार्यकर्ताले संविधान मस्यौदा च्याती जलाएर बिरोध जनाएका थिए । सुझाव संकलन जारी रहँदा नाराबाजीमा उत्रिएका राप्रपाका कार्यकताले कार्यक्रमस्थलमा ढुङ्गा प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले कार्यक्रमस्थल बाहिर नाराबाजी गरिरहँदा भएको हस्तक्षेपमा झडप भएको राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

राप्रपा नेपालका नेता कार्यकर्ता हेटौंडा–७ नागस्वतीबाट मोटरसाईकल र्यालीसहित कार्यक्रम स्थलमा पुुगेका थिए ।
क्षेत्र नम्बर १ का सभासद इन्द्रबहादुर बानियाँ, क्षेत्र नम्बर ३ का सभासद अनन्त पौडेल, प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया, प्रहरी उपरीक्षक प्रकाशजंग कार्की र विभिन्न दलका नेताहरु सुझाव संकलन केन्द्रमा थिए ।