सलमानले हेर्दै नहेरी भने ‘शाहरुखको फिल्म बबाल छ’


sharukh-and-salman
मुम्बई । बलिउड नायक सलमान खान र शाहरुख खान अहिले प्रचार प्रशारको निकै सस्तो माध्यम अपनाउन ब्यस्त छन् । शाहरुखले सलमान अभिनित चलचित्र ‘बजरंगी भाईजान’ पोष्टर हेरेर गज्जब छ भनेको केही दिनपछि सलमानले पनि उस्तै प्रकृतिको जवाफ फर्काएका छन् ।
शाहरुखको नयाँ फिल्म ‘फ्यान’को टिजरै नहेरी सलमानले ‘फ्यान बबाल राम्रो भएको टिप्पणी गरेका छन् । ‘मैले फ्यानको टिजर हेर्न भ्याएको छैन । तर, हल्ला सुनेकै भरमा थाह भैसक्यो यो फिल्म बबाल छ ।’
केही महिना भयो दुई खानविच एक अर्का विच प्रसंसा सुरु भएको । उनीहरुले एक अर्काको प्रसंसा गर्नुको कारण मन सफा भएर भने होइन । बलिउड फिल्म समिक्षकका अनुसार उनीहरु एक अर्काको प्रसंसा गरेरै आफ्नो फिल्मको प्रचार गर्न चाहन्छन् ।
एक अर्काको प्रसंसा वा आलोचना गरेर फिल्मको प्रचार गर्नुलाई ‘चिफ’ शैलि मानिन्छ ।
खानद्धय प्रसंसामा रमाउनुको कारण हो सलमान अभिनित ‘सुल्तान’ र शाहरुखको ‘रईस’ आउदो वर्ष इदमा एउटै मीतिमा प्रदर्शन हुने हल्ला छ ।






प्रतिक्रिया दिनुहोस्...