ग्यास्ट्रिक समस्या समाधान गर्ने घरेलु उपचार


अनियमित र दुषित खानपानका कारण अहिले ग्याष्ट्रिकको समस्या सामान्य झै भइसकेको छ । लगातार कब्जियतका कारण ग्यास्ट्रिकको समस्या हुन्छ र यो ग्यास्ट्रिक अन्य अनेक समस्याको कारण बन्छ । ग्यास्ट्रिकबाट पीडित व्यक्तिलाई टाउको दुख्ने, कम्मर दुख्ने, पेट दुख्ने, छाती दुख्ने जस्ता अनेक समस्या हुन्छन् । खैर, ग्यास्ट्रिकको मूल कारण केही बानी र अनियमितता दिनचर्या हो । ग्यासको समस्याका केही सामान्य लक्षणहरु यसप्रकार छन् : क. वान्ता आउनु ख. लगातार हिक्क हिक्क आउनु ग. पेट दुख्नु यहाँ ग्यास्ट्रिकबाट बच्ने केही सजिलो उपायहरु बताइएको छ: पानी पिउनुस् : पानी थोरै पिउनु पनि यस समस्याको एउटा ठूलो कारण हो । ग्यासको समस्या भए पनि नभए पनि दिनमा कमसे कम आठ गिलास पानी अवश्य पिउनुस् । ग्यासको समस्यामा अदुवा सबभन्दा राम्रो औषधि हो । अलिकति सुखेको अदुवा चियामा हालेर पिउनाले ग्यासमा तत्काल राहत पुग्छ । अदुवामा एन्टी बैक्टिरियल र एन्टी इन्स्लामेट्री तत्व पाइन्छ । अदुवा खानाले ग्यासको समस्या उत्पन्न गर्ने जिवाणु समाप्त हुन्छ । अदुवाको एक टुकडा घ्यूमा तताएर बीरे नूनसँग खाँदा ग्यासबाट छुटकारा पाइन्छ । सुक्खा अदुवाको काढा बनाएर पिउँदा पनि हुन्छ । पाइनएपल : पाइनएपलमा पाचक एन्जाइम्स पाइन्छ । पाइनएपल पाकेको मात्र खानुपर्छ । काचो पाइनएपलले पेटलाई झन नोक्सान नै पुर्‍याउछ । मही : अलिकति मेथी दाना, बेसार, हिंग, जिरा मिलाएर पिनेर राख्नुस् । बिहान खाना खाएपछि महीमा यो पाउडर मिलाएर पिउनुस् । ग्यास र एसिडीटीको समस्या समाप्त हुन्छ । जीरा : जीरा खानाले पनि डायजेस्टिव सिस्टमको समस्या समाधान हुन्छ । त्यसैले ग्यासको समस्या हुँदा एक चम्चा जीरा पाउडर चीसो पानीमा घोलेर पिउनुस् । बेसार : बेसार एन्टी इन्स्लामेन्ट्री र एन्टी फगल तत्व पाइन्छ । यो अनेक विमारीमा औषधिको काम गर्छ । अलिकति बेसार पाउडर चिसो पानीसँग लिनुस् र यसपछि केरा वा दही खानुस् । नरिवल पानी : नरिवल पानीमा भिटामीन ए पोषक तत्व भरपुर हुन्छ तर साथै यसले ग्यासको समस्यामा औषधिको काम गर्छ । तुलसी : तुलसीले अनेक विमारीमा औषधिको काम गर्छ । प्रत्येक दिन पाँच तुलसीको पात खानाले ग्यासको समस्याका साथ साथ पेटको अनेक समस्याहरुको पनि समाधान गर्छ । तुलसीको चिया बनाएर वा त्यसको रस पिउनाले पनि तत्काल फाइदा हुन्छ । ल्वांग : ल्वांग चुस्दा वा ल्वांग पाउडर महकासाथ लिनाले पनि ग्यास समस्यामा राहत पुग्छ । मेवा : मेवामा बीटा केरोटीन भरपुर मात्रामा पाइन्छ । यसमा खाना चाडै पचाउने तत्वहरु पाइन्छ । यसमा पेपिन नामको एन्जाइम पनि पाइन्छ । यो शरीरको लागि अत्यन्तै लाभदायक हुन्छ । ग्यासको समस्या भए खाना थोरै खानुस् र खाना पछि अलिकति बिरे नूनका साथ मेवा खानुस् । कब्जियत र ग्यास दुवै समस्याबाट छुटकारा पाइन्छ । पुदिना : पुदिनाको पात चपाउनुस् वा पुदिनाको चिया बनाएर पिउनुस् ग्यासको समस्याबाट छुटकारा पाइन्छ । मरिच : अलिकति मरिचको धुलोमा मह मिलाएर लिदा ग्यासमा राहत मिल्छ । जनचेतनाका लागि विश्वदिप डटकम बाट साभार गरियको ।





प्रतिक्रिया दिनुहोस्...